एमाले पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक
सार्थक ब्यूरो ।नेकपा एमालेको पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कुल २ हजार २२७ मत खसेको निर्वाचनमा अध्यक्षदेखि सचिवसम्मका पदका उम्मेदवारहरूको मतगणना सम्पन्न भएको हो। अध्यक्ष पदमा केपी शर्मा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए। उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङले १ हजार ७३७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। विष्णु प्रसाद पौडेलले १ हजार ६७५, रामबहादुर थापा ‘बादल’ले १ हजार ५१६, गोकर्णराज [थप पढ्नुहोस...]




























































